प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको स्मरणमा दमननाथ
काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसभामुख दमननाथ ढुंगानालाई बहुआयामिक व्यक्तित्वका रूपमा स्मरण गरेका छन् ।
सोमबार ढुंगानाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले बहुआयामिक व्यक्तित्वका रूपमा चर्चा गरे । ‘आफ्ना कामहरुबाट मानिसहरूमा प्रभाव छोड्न सक्ने व्यक्तित्व, अत्यन्त मिलनसार । सवैका प्रिय’, प्रधानमन्त्री ओलीले भने, ‘उहाँबाट प्रेरणा लिइरहन्छौँ । लोकतन्त्रको पक्षमा उहाँले लिएको दृढताबाट पाठ सिक्छौँ ।’
त्यसैगरी पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्र ल्याउन ढुंगानाले खेलेको भूमिका सदा स्मरणमा रहने बताए ।
‘दमनाथजी र पद्यमरत्न तुलाधर दुई जना व्यक्तित्वले नेपालमा शान्ति सम्झौताको वातावरण बनाउन, संविधान सभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भूमिका अविस्मरणीय ठान्छु’, प्रचण्डले स्मरण गरे । उनले भने, ‘मसँग दमनजीको विशेष सम्बन्ध पनि शान्ति प्रक्रियाको तयारीको क्रममा भएको हुनाले उहाँको योगदानलाई अविस्मरणीय ठान्छु । नेपाली जनताले पनि लोकतान्त्रिक व्यक्तित्वका रूपमा उहाँको योगदानलाई सधै सम्झिरहनेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण