अलबिदा दमननाथ ढुङ्गाना, तस्बिरहरु

काठमाडौँ । पुर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि गरिएको छ । ढुंगानाको सोमबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
ढुंगानालाई छोराहरु निमेष र निशेषले दागबत्ती दिए । त्यसक्रममा नेपाली सेनाको एक टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो । त्यसअघि सोमबार उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि गौशाला नजिकै सानोगौचरनमा राखिएको थियो । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
श्रद्धाञ्जली अर्पण गर्न पूर्वराष्ट्रपति डा. रामवरण यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत पुगेका थिए । सोमबारै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । साथै सरकारले ढुंगानाको निधनको शोकमा सोमबार सार्वजनिक बिदा दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता