सात खेलको प्रतिबन्धमा परे टोट्टनहामका रोड्रिगो
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहामका मिडफिल्डर रोड्रिगो बेन्टानकर सात खेलको प्रतिबन्धमा परेका छन् । अनुशासन विपरितको कार्य गरेको आरोपमा उनीमाथि सात खेलको प्रतिबन्ध लगाइएको हो ।
उरुग्वेका यी प्रभावशाली मिडफिल्डरमाथि आफ्नै टोलीका साथी सन ह्युङ मिनमाथि जातिय विभेद गरेको आरोप लगाइएको थियो । सोही आरोपमा फुटबल एसोसिएसन (एफए) ले २७ वर्षीय रोड्रिगोमाथि सात खेलको प्रतिबन्ध लगाएको हो ।
सोही आरोपमा रोड्रिगोमाथि एक लाख युरो जरिवाना पनि तोकिएको छ । सात खेलको प्रतिबन्धमा परेपछि अब रोड्रिगो आगामी डिसेम्बर २६ तारिखभन्दा अगाडि खेलमा फर्कने छैनन् । उनले प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सीविरुद्धको खेल गुमाउने छन् ।
यसका अतिरिक्त उनले लिग कपको म्यानचेस्टर युनाइटेडविरुद्धको क्वार्टरफाइनल खेल पनि गुमाउने पक्का छ । उनी टोट्टनहामको युरोपा लिग खेलमा भने टोलीमा उपस्थित रहने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण