निर्वाचन सुनिश्चितको माग गर्दै क्रान्तिकारीका नेताहरू आमरण अनसन बस्दै
काठमाडौँ । स्थगित बन्दसत्र मङ्सिर २३ गते नै सुरु र नेतृत्व चयनका लागि निर्वाचन सुनिश्चित गर्न माग गर्दै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नेताहरूले आजदेखि आमरण अनसन बस्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहान ११ बजेदेखि अनसन सुरु हुने निवर्तमान उपाध्यक्ष एवं केन्द्रीय कार्यालय प्रमुख केशव रावलले जानकारी दिए ।
स्थगित सम्मेलन सुचारु गर्न नेतृत्व तहमै अलमल देखिएपछि आमरण अनसन बन्न लागेको रावलले बताए । उनका अनुसार रावलसहित निवर्तमान उपमहासचिव प्रभाकर गुप्ता, निवर्तमान केन्द्रीय सदस्यहरू खकेन्द्र रावल र जनक ढुङ्गाना अनसनमा बस्नेछन् ।
यसअघि असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको २३ औँ राष्ट्रिय सम्मेलन उमेरहद लगाउने कि नलगाउने विवादका कारण बन्दसत्र स्थगित भएको थियो । पार्टी नेतृत्वसँगको छलफलपछि मङ्सिर २३ र २४ गते सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण