चीनमा प्राथमिक विद्यालय बाहिर कारको ठक्करबाट कयौँ घाइते
मङ्गलबार, ०४ मङ्सिर २०८१, ११ : ४१
बेइजिङ । चीनको हुनान प्रान्तस्थित एक प्राथमिक विद्यालय बाहिर कारको ठक्करबाट कयौँ बालबालिका घाइते भएका छन् । देशको सरकारी सञ्चार माध्यमले यस्तो जानकारी दिएको भन्दै बीबीसीले समाचार छापेको छ । यस दुर्घटनामा कसैको ज्यान नगएको बताइएको छ । तर दुर्घटनामा विद्यालयका कयौँ बालबालिका र अन्य व्यक्ति घाइते भएका छन् ।
दुर्घटना लगत्तै कयौँ घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनामा संलग्न एसयुभी चलाउने व्यक्तिलाई बालबालिकाका अभिभावक र सुरक्षा अधिकारीहरूले पक्रेर प्रहरीलाई बुझाएका छन् । चीनमा एक हप्तामा यस्तो खालको यो तेस्रो घटना हो ।
नोभेम्बर १२ मा दक्षिण चीनमा यस्तै घटनामा ३५ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण