फिफा वरीयतामा सबैभन्दा तल रहेको सान मारिनोको अन्तर्राष्ट्रिय फुटबलमा ऐतिहासिक जित
काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) वरीयताको सबैभन्दा तल रहेको राष्ट्र सान मारिनोले अन्तर्राष्ट्रिय फुटबलमा इतिहास रचेको छ । अन्तर्राष्ट्रिय फुटबलमा सान मारिनोले पहिलो पटक ‘अवे’ मैदान (अन्य राष्ट्रको मैदान)मा जित हात पारेको छ ।
सान मारिनोले यूईएफए नेसन्स कप फुटबलअन्तर्गत सोमबार राति खेलिएको खेलमा लिच्टेनस्टाइनलाई उसैको घरेलु मैदानमा ३–१ गोलको फराकिलो अन्तरले हराएको हो । यो जितसँगै सान मारिनो नेसन्स लिगको तेस्रो श्रेणीमा बढुवा पनि भएको छ ।
सान मारिनो हाल नेसन्स लिगको चौथो श्रेणीमा रहेको छ । सान मारिनोले अन्तर्राष्ट्रिय फुटबलमा कुनै पनि टोलीविरुद्ध तीन गोल गरेको पनि यो पहिलो पटक हो । सान मारिनोले यसअघि पनि दुईपटक लिच्टेनस्टाइनलाई नै हराएको थियो ।
सान मारिनो हाल फिफा वरीयताको सबैभन्दा तल अर्थात २१०औँ स्थानमा छ । सान मारिनाले हालसम्म कुल दुई सय ११ खेल खेलेको छ । त्यसमध्ये सान मारिनो एक सय ९९ खेलमा पराजित भएको छ । सात खेलमा त सान मारिनो १० भन्दा बढी गोल खाएको छ ।
सोमबार राति खेलिएको लिच्टेनस्टाइन खेलमा सुरुमै गोल खाएर पनि सान मारिनोले उत्कृष्ट पुनरागमन गरेको थियो । खेल सुरु भएको ४०औँ मिनेटमा लिच्टेनस्टाइनका लागि एरोन सेलेले पहिलो गोल गरेका थिए ।
निर्धारित समयको ४६औँ मिनेटमा सान मारिनोका लोरेन्जो लाजारीले जवाफी गोल फर्काएका थिए । ६६औँ मिनेटमा निकोला नानीले सान मारिनोलाई २–१ गोलले अगाडि बढाएका थिए । ७६औँ मिनेटमा एलेज्यान्ड्रो गोलिनुस्सीले सान मारिनोका लागि तेस्रो गोल थपेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण