जुकरबर्गको कम्पनीलाई भारतले लगायो २ अर्ब भारु जरिवाना
नयाँ दिल्ली । अमेरिकी खर्बपति व्यापारी मार्क जुकरबर्गको कम्पनीलाई भारतले जरिवाना लगाएको छ । प्रयोगकर्ताको गोपनीयतासम्बन्धी मामिलामा भारतको प्रतिस्पर्धा हेर्ने नियामक सीसीआईले मेटामाथि २ अर्ब १३ करोड १४ लाख भारु जरिवाना लगाएको हो ।
मेटाको सहायक कम्पनी ह्वाट्सएपले गोपनीयता नीतिमा लापरबाही गरेको र प्रयोगकर्ताको डेटा चोरेको अभियोगमा जरिवाना तिराइएको हो । मेटाले बजारमा आफ्नो वर्चश्वको दुरुपयोग गरेको आरोप पनि लगाइएको छ । जरिवाना सन् २०२१ मा ह्वाट्स एपको गोपनीयता नीतिसँग सम्बन्धित छ ।
जरिवानाको साथै सीसीआईले मेटामाथि उसको प्लेटफर्ममा जम्मा पारेको प्रयोगकर्ताका डेटा पाँच वर्षसम्म विज्ञापनका लागि मेटाका अन्य कुनै प्रडक्ट वा कम्पनीसँग शेयर नगर्न पनि आदेश दिएको छ । यो समयसम्म कम्पनीले सुधारको दिशामा जरुरी कदम उठाउन र त्यसलाई लागू गर्न पनि आदेश दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण