दक्षिण अफ्रिकाविरुद्धको टेस्टका लागि श्रीलंकाली टोलीको घोषणा

काठमाडौँ । श्रीलंका क्रिकेट बोर्डले निकट भविष्यमा हुने दक्षिण अफ्रिकाविरुद्धको दुई टेस्टको शृंखलाका लागि आफ्नो टोलीको घोषणा गरेको छ । बोर्डले धनन्जय डी सिल्भाको कप्तानीमा मंगलबार १७ सदस्यीय टोलीको घोषणा गरेको हो ।
यो टेस्ट शृंखला वल्र्ड टेस्ट च्याम्पियनसिपअन्तर्गत खेल्न लागिएको हो । शृंखलाको पहिलो खेल नोभेम्बर २७ तारिखदेखि डर्बनमा सुरु हुनेछ । शृंखलाको दोस्रो टेस्ट भने डिसेम्बर ५ तारिखदेखि गेकेबरहामा सुरु हुने समाचारमा जनाइएको छ ।
घोषित श्रीलंकाली टोलीमा धनन्जय डी सिल्भा (कप्तान), पथुम निसानका, दिमुथ करुणारत्ने, दिनेश चण्डिमल, एन्जेलो म्याथ्यूज, कुशल मेन्डिस, कामिन्दु मेन्डिस, ओसादा फर्नान्डो, सदिरा समरवक्रमा, प्रभात जयसूर्या, निशान पेइरिस, लासिथ एम्बबुलडेनिया, मिलन रथनायके, असिथा फर्नान्डो, विश्वा फर्नान्डो, लाहिरु कुमारा र कासुन राजिथा रहेका छन् ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट
-
बागमती सहित यी पाँच प्रदेशमा वर्षा
-
बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड
-
पेवेल नेपाल र सजिलो पे पेमेन्टको लाइसेन्स खारेज
-
इजरायलबाट नेपाली फर्काउन के गर्दै छ परराष्ट्र मन्त्रालय ?