बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दक्षिण अफ्रिकाविरुद्धको टेस्टका लागि श्रीलंकाली टोलीको घोषणा

मङ्गलबार, ०४ मङ्सिर २०८१, १४ : ०३
मङ्गलबार, ०४ मङ्सिर २०८१

काठमाडौँ । श्रीलंका क्रिकेट बोर्डले निकट भविष्यमा हुने दक्षिण अफ्रिकाविरुद्धको दुई टेस्टको शृंखलाका लागि आफ्नो टोलीको घोषणा गरेको छ । बोर्डले धनन्जय डी सिल्भाको कप्तानीमा मंगलबार १७ सदस्यीय टोलीको घोषणा गरेको हो ।

यो टेस्ट शृंखला वल्र्ड टेस्ट च्याम्पियनसिपअन्तर्गत खेल्न लागिएको हो । शृंखलाको पहिलो खेल नोभेम्बर २७ तारिखदेखि डर्बनमा सुरु हुनेछ । शृंखलाको दोस्रो टेस्ट भने डिसेम्बर ५ तारिखदेखि गेकेबरहामा सुरु हुने समाचारमा जनाइएको छ ।

घोषित श्रीलंकाली टोलीमा धनन्जय डी सिल्भा (कप्तान), पथुम निसानका, दिमुथ करुणारत्ने, दिनेश चण्डिमल, एन्जेलो म्याथ्यूज, कुशल मेन्डिस, कामिन्दु मेन्डिस, ओसादा फर्नान्डो, सदिरा समरवक्रमा, प्रभात जयसूर्या, निशान पेइरिस, लासिथ एम्बबुलडेनिया, मिलन रथनायके, असिथा फर्नान्डो, विश्वा फर्नान्डो, लाहिरु कुमारा र कासुन राजिथा रहेका छन् । 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप