नेप्से ५१ अंकले घट्यो, परिसूचक २७०२ बिन्दुमा
मङ्गलबार, ०४ मङ्सिर २०८१, १५ : १५
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा भारी अंकको गिरावट देखिएको छ । समग्रमा बजार ५१ अंकले घट्दा नेप्से परिसूचक २७०२ बिन्दुमा ओर्लिएको छ । मंगलबार सुरुवातदेखि बजार निरन्तर ओरालो लाग्यो ।
परिसूचकमा भारी अंकको गिरावट देखिए पनि कारोबार रकम भने सो मात्रामा घटेको छैन । मंगलबार कुल २ करोड २५ लाख ८८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँको किनबेच भएको छ ।
मंगलबार पनि आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यसको सेयर मूल्य १० प्रतिशत बढ्दै मंगलबार प्रतिकित्ता ५२२६ रुपैयाँ पुगेको छ ।
मंगलबार २० कम्पनीको मात्रै मूल्य बढेको छ । २२४ कम्पनीको मूल्य घट्दा एउटा कम्पनीको मूल्य भने स्थिर रह्यो । मंगलबार नेप्सेका सबै उपसमूहको सूचकमा गिरावट आयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण