उच्चस्तरीय बैठक बस्न जाँदा कार्यालय बन्द भएपछि शेष घलेले भने– नसोचेको भयो
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिका संयोजक तथा पूर्वअध्यक्ष शेष घलेले बद्री केसी पक्षबाट नसोचेको कार्य भएको बताएका छन् । उनले एनआरएनएलाई मिलाएर लैजाने उद्देश्यका साथ आफूले मंगलबार उच्चस्तरीय समितिको बैठक बोलाएको भएपनि कार्यालय बन्द हुनु गलत भएको बताए ।
मंगलबार उच्चस्तरीय समितिको बैठकका लागि उनी कार्यालयमा पुगेपनि कार्यालय बन्द गरेर बद्री केसी पक्ष रणनीतिक बैठकको नाममा राजधानीकै एक होटेलमा पुगेका थियो । ‘एनआरएनएलाई मिलाएर लैजाउँला भन्ने आशाका साथ बैठक बोलाइएको थियो । यो नसोचेको भयो’, घलेले बालुवाटारस्थित कार्यालय परिसरमा सञ्चारकर्मीसँग भने, ‘यद्यपि हामीलाई मिटिङ गर्नु, त्यसका लागि वैकल्पिक स्थान खोज्दैछौँ ।’
उनले आजको बैठकमा एकताको महाधिवेशनको मिति तोक्नेबारे छलफल हुने र सोहीअनुसार निष्कर्ष निकालेर अघि बढिने बताए ।
यस्तै समितिकी सदस्य रविना थापाले पनि ८० लाख गैरआवासीय नेपालीको साझा भवन बन्द गरिनु गलत भएको बताइन् । ‘मैले यो सोचेको थिइनँ । संस्था सबैको साझा घर हो’, उनले भनिन्, ‘सबैको भावना जोडिएको भवन हो। अमेरिकादेखि बैठकमै लागि आएको थिएँ । अफिस बन्द र कर्मचारी पनि हुनुहुँदो रहेनछ । अलि दुख लाग्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण