स्तब्ध नाडाल : खेल जीवनको अन्तिम टुर्नामेन्ट जित्ने सपना चक्नाचुर
एजेन्सी । स्पेनका लागि ऐतिहासिक जित दर्ता गरेर खेल यात्राको विटमार्ने टेनिस महानहस्ती राफेल नाडालको सपना चक्नाचुर भएको छ । मलागामा भएको डेभिस कप टिम एकलतर्फ भएको निर्णायक खेलमा उनी बोटिक भान डे जान्डस्चुल्पसँगै ६-४, ६-४ को सोझो सेटमा हारे ।
संघर्षका दौरान उनले आफ्नो टिमलाई सम्हाले पनि सपना पूरा हुन सकेन । २२ औं पटकका ग्रान्डस्लाम विजेता नाडालले अब पुरुष टिम स्पर्धाको समाप्तिपछि आफ्नो खेल जीवनबाट सन्यासको घोषणा गर्ने छन् ।
खेलपछि नाडाले भने, ‘मैले आफ्नो तर्फबाट सर्वश्रेष्ठ प्रयास गरेकै हो । तर, यस्तो हुने सम्भावना प्रवल थियो ।’ आफ्नो हारपछि नाडाल अनुमति लिएर टेनिस कोर्टको केन्द्र भागमा उभिए र पलासियो डे डेपोर्टेजमा खचाखचत भरिएका साढे ११ हजार प्रसंशकतर्फ फर्किएर हात हल्लाए ।
अन्तिममा उनले आफ्ना कप्तान डेभिड फेडररप्रति सहानुभूति प्रकट गर्दै आफुलाई खेल्नका लागि कुनै दबाब नदिएको बताए । र, फेडररले टिमका लागि उपयुक्त निर्णय लिने प्रतिक्रिया समेत उनले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण