दुर्गा प्रसाईँका १० जना समर्थक पक्राउ
बुधबार, ०५ मङ्सिर २०८१, १० : ३१
काठमाडौँ । दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई भक्तपुरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) होबिन्द्र बोगटीले रातोपाटीलाई बताए ।
मङ्सिर ७ मा प्रसाईँ नेतृत्वको समूहले काठमाडौँमा प्रदर्शन गर्ने तयारी गरेको छ । भड्काऊ पूर्ण आन्दोलन गर्नसक्ने आशंकामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । आरोपीहरुविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा प्रसाईँलाई सीआईबीले मंगलबार पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिने एसपी बोगटीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण