अल नेपाल अन्तर वडा टेबलटेनिसमा ११ स्पर्धा
काठमाडौँ । स्पिन इभेन्ट्सले अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको चौथो संस्करण आयोजना गर्ने भएको छ । प्रतियोगिता मंसिर ११ देखि १५ गतेसम्म अखिल नेपाल टेबलटेनिस संघको तत्वाधानमा आयोजना हुन लागेको हो ।
प्रतियोगिता खेलहरु लैनचौरस्थित टेबलटेनिस हलमा खेलाइने छ । प्रतियोगितामा विभिन्न ११ वटा स्पर्धा समावेश गरिएको जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमा दिइयो । प्रतियोगितामा पुरुष एकल र महिला एकल तथा ब्वाइज एकल (१६ वर्षभन्दा मुनि) र गल्र्स एकल (१६ वर्षभन्दा मुनि) को स्पर्धा समावेश गरिएको छ ।
यसैगरी, प्रतियोगितामा पुरुष टिम स्पर्धा, महिला टिम स्पर्धा, भेट्रान टिम स्पर्धा (४० वर्षभन्दा माथि), पुरुष भेट्रान एकल स्पर्धा (४० वर्षभन्दा माथि), महिला भेट्रान एकल स्पर्धा (४० वर्षभन्दा माथि), पुरुष भेट्रान एकल ((५० वर्षभन्दा माथि) र पुरुष भेट्रान एकल (६० वर्षभन्दा माथि) को स्पर्धा पनि समावेश गरिएको छ ।
प्रतियोगितामा चार सय ५० जना खेलाडीको सहभागिता रहने पनि आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित बजेट १५ लाख रुपैयाँ रहेको छ । विजेता खेलाडीहरुका लागि नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ ।
खेलकुदप्रेमी सुमन खड्गीले प्रतियोगिताको मुख्य प्रायोजन गरेको पनि आयोजकले जनाएको छ । यस सम्बन्धि सम्झौतापत्रमा बुधबार नै खेलकुदप्रेमी खड्गी र आयोजक स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्यले हस्तार गरे ।
यसैगरी, प्रतियोगिताको सह–प्रयोजकमा दी ह्याण्डीक्राफ्ट र खेलकुदप्रेमी रवी धाख्वा रहेको पनि आयोजकले जनाएको छ । प्रतियोगिताको बल पार्टनरका रुपमा भने दी एचएस र क्लोडिङ पार्टरनका रुपमा गोर्खा एथलेटिक्स रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण