दरबारमार्गमा सार्यो एमालेले जागरण सभा
काठमाडौँ । नेकपा एमाले जागरण सभाको सभास्थल परिवर्तन भएको छ । बुधबार जागरण सभा संयोजन समितिका संयोजक डा. राजन भट्टराईले विज्ञप्ति जारी गर्दै जागरण सभाको पूर्वनिर्धारित सभास्थलमा परिवर्तन गरिएको जानकारी दिएका हुन् ।
एमालेले उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा बिहीबार राजधानीमा जागरण सभाको आयोजना गर्दैछ । एमालेले भृकुटीमण्डपमा गर्ने भनिएको जागरण सभा दरबारमार्गमा आयोजना हुने भएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘जागरण सभा अघि हुने र्याली पूर्वनिर्धारित समयमै भद्रकालीबाट सुरु भई सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने भएकाले सोही बमोजिम ट्राफिक व्यवस्था मिलाउन र जागरण ऱ्याली तथा सभामा सहभागी हुन सबैमा अनुरोध गरिन्छ ।’
मुलुकमा फैलाउन खोजिएको अराजकता र अस्थिरतालाई चिर्न जागरण सभा आयोजना गरिएको एमालेले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण