दरबारमार्गमा सार्यो एमालेले जागरण सभा
काठमाडौँ । नेकपा एमाले जागरण सभाको सभास्थल परिवर्तन भएको छ । बुधबार जागरण सभा संयोजन समितिका संयोजक डा. राजन भट्टराईले विज्ञप्ति जारी गर्दै जागरण सभाको पूर्वनिर्धारित सभास्थलमा परिवर्तन गरिएको जानकारी दिएका हुन् ।
एमालेले उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा बिहीबार राजधानीमा जागरण सभाको आयोजना गर्दैछ । एमालेले भृकुटीमण्डपमा गर्ने भनिएको जागरण सभा दरबारमार्गमा आयोजना हुने भएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘जागरण सभा अघि हुने र्याली पूर्वनिर्धारित समयमै भद्रकालीबाट सुरु भई सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने भएकाले सोही बमोजिम ट्राफिक व्यवस्था मिलाउन र जागरण ऱ्याली तथा सभामा सहभागी हुन सबैमा अनुरोध गरिन्छ ।’
मुलुकमा फैलाउन खोजिएको अराजकता र अस्थिरतालाई चिर्न जागरण सभा आयोजना गरिएको एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
-
असाममा १२ सयभन्दा बढी गाउँ डुबानमा, ३२ हजार मानिसका घरहरू डुबे
-
नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष कांग्रेसमा प्रवेश
-
राइड सेयरिङ विवाद : के छ व्यवसायीलाई देशव्यापी हडतालमा उतार्ने प्रदेश सवारी नियमावलीमा ? (पूर्णपाठ)
-
‘ताराहरू’को फस्ट लुक्स सार्वजनिक, के छ फिल्ममा ?
-
गभर्नर पौडेलविरूद्धको रिट हेर्न नभ्याइने