शिभाली र स्वराह सेमिफाइनलमा
काठमाडौँ । नेपालकी शिभाली गुरुङ र माल्दिभ्सकी आइसथ करिन सइजनको जोडी इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताको गल्र्स डबल्समा बुधबार पहिलो भएका छन् ।
उक्त जोडीले फाइनलमा बंगलादेशका हुमीराह हैदर र बंगलादेशकी नयिम हुसेनको जोडीबाट वाक ओभर पाए । हुमीराहकी पार्टनर नयिम घाइते भएकाले उक्त जोडीले फाइनल त्यागेका थिए ।
नेपाल टेनिस संघ र एथलिट्स इमर्जिङद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइज डबल्समा भारतका अभी अग्रवाल र तनिश नन्दाको जोडीले नेपालका अर्यासराज पौडेल र स्पन्दन उदासको जोडीलाई ६–१ र ६–० तथा भारतकका हर्ष मर्वाहा र बंगलादेशका मोहम्मद रकिन रहमानको जोडीले नेपालका वृजेश अर्याल र विश्वविषेश डल्लाकोटीको जोडीलाई ६–४ र ६–४ को सोझो सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरे ।
गल्र्स सिंगल्समा नेपालकी शिभाली गुरुङले आफ्नै डबल्स पार्टनर माल्दिभ्सकी सइजनलाई ६–१ र ६–२ तथा बंगलादेशकी हुमाराहले नेपालकी स्वराह थापालाई ६–० र ६–० को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान बनाए ।
ब्वाइज सिंगल्समा भारतका तनिसले हङकङका लाप यिन ललाई ६–० र ६–१, नेपालका वृजेश अर्यालले नेपालकै असभसम्राट हाडालाई ६–१ र ६–०, भारतका अभी अग्रवालले नेपालका विश्वविषेश डल्लाकोटाीलाई ६–० र ६–१ तथा न्युजिल्यान्डका ज्याक्स रुपले भारतका हर्ष मर्वाहालाई ६–४, ४–६ र ७–५ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण