साफ यू–२० महिला च्याम्पियनसिप बङ्गलादेशमा
बिहीबार, ०६ मङ्सिर २०८१, १० : १५
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आगामी साफ यू–२० महिला च्याम्पियनसिप र साफ यू–१९ पुरुष च्याम्पियनसिपको आयोजक र मिति तय गरेको छ । साफ कम्पिटिसन कमिटीको भर्चुअल रूपमा बसेको बैठकले यी दुई प्रतियोगिताको आयोजनास्थल र मितिको टुङ्गो लगाएको हो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार, साफ यू–२० महिला च्याम्पियनसिप बङ्गलादेशमा आयोजना गरिने छ । उक्त प्रतियोगिता सन् २०२५ को फेब्रुअरी ११ देखि १९ तारिखसम्म आयोजना हुने बताइएको छ ।
यसैगरी, बैठकले साफ यू–१९ पुरुष च्याम्पियनसिप भने भारतमा आयोजना गर्ने निर्णय भएको छ । उक्त प्रतियोगिता सन् २०२५ को नोभेम्बर ५ देखि १५ तारिखसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण