क्यानडाको पत्रिकामा निज्जर हत्यासँग सम्बन्धित खबरबारे भारतले दियो यस्तो जवाफ
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हरदीप सिंह निज्जरको हत्याको षड्यन्त्रबारे पहिल्यै थाहा थियो भन्ने क्यानडाली पत्रिकाको आरोपलाई भारतले खण्डन गरेको छ । क्यानडाको अखबार द ग्लोब एन्ड मेलले अधिकारीको नाम नलिई एक खबरमा मोदीलाई निज्जरको हत्याको षड्यन्त्रबारे पहिले नै जानकारी रहेको दाबी गरेको थियो ।
‘सामान्यतया हामी सञ्चार माध्यममा छापिएका खबरबारे कुनै बयान दिँदैनौँ । तर, हामी क्यानडा सरकारको स्रोतलाई उद्धृत गर्दै पत्रिकामा प्रकाशित समाचारलाई हामी अस्वीकार गर्छौ । यस्तै खाले कुराले गर्दा दुई देशबिचको सम्बन्ध पहिला देखि नै तनावपूर्ण छ ।’ यस समाचारबारे सोध्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भनेका छन् ।
गत वर्ष खलिस्तान समर्थक क्यानेडियन नागरिक हरदीप सिंह निज्जरको हत्या भएको थियो । क्यानडाले यस मामिलामा भारतको भूमिकामाथि सार्वजनिक रूपमा प्रश्न उठाएको थियो । निज्जरलाई सन् २०२३ को जुन १८ मा क्यानडाको एउटा गुरुद्वाराको पार्किङ स्थलमा आक्रमणकारीहरूले गोली हानी हत्या गरेका थिए । निज्जर क्यानडाको भ्यानकुभरमा रहेको गुरु नानक सिख गुरुद्वाराका अध्यक्ष पनि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण