आइफोनमा खिचिएको नेपाली फिल्म अमेजन प्राइममा
बिहीबार, ०६ मङ्सिर २०८१, १४ : १६

काठमाडौँ । आइफोन १४ प्रो–म्याक्सबाट छायाङ्कन गरिएको नेपाली फिल्म ‘अ प्लेस अन्डर द सन’ अमेजन प्राइमबाट प्रसारण हुने भएको छ । वन स्क्वाड फिल्मस्ले फिल्मलाई यो प्लाटफर्ममा ल्याएको हो ।
अमेरिका र क्यानडाको सर्भरमा पहिलो चरणमा यो फिल्म हेर्न सकिनेछ । क्रमशः अन्य मुलुकमा समेत फिल्म उपलब्ध हुने फिल्मका निर्देशक जेसन लोप्चनले बताए ।
अमेजन प्लाटफर्ममा फिल्म रिलिज भएपछि ओएसआर डिजिटलले युट्यबमा ट्रेलर सार्वजनिक गरेको छ । निर्देशक लोप्चनले फिल्मलाई नेपालका हलमा प्रदर्शनमा ल्याउने समेत तयारी भइरहेको बताए ।
फिल्मको केही अगाडि विषेश शो समेत आयोजना भएको थियो । जहाँ फिल्मले प्रशंसा पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड भोलि मात्रै काठमाडौँ फर्किने
-
पुँजीगत खर्चमा सुस्तता कायमै, असारमा मात्रै ८ अर्ब खर्चको अनुमान
-
असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
-
प्राधिकरणका प्रमुखले गरे सिनामंगलस्थित विपद् उद्धार कार्यालयको निरीक्षण
-
एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ : उपाध्यक्ष पौडेल
-
रातोपाटी खुलामञ्च