‘पूर्णबहादुरको सारङ्गी’को गीत ‘रैयाँ चाँदीको’लाई एक करोड भ्युज
शुक्रबार, ०७ मङ्सिर २०८१, ११ : ४६

काठमाडौँ । ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमा मात्र अहिलेसम्म करिब ४० करोडको व्यवसाय गरिसकेको छ । फिल्मको प्रदर्शन अझै जारी छ ।
फिल्मको व्यवसाय राम्रो भइरहँदा यसमा समेटिएका गीतले समेत राम्रो भ्युज पाइरहेका छन् । यस्तैमा फिल्मका ‘रैयाँ चाँदीको’ गीतले युट्युबमा एक करोड भ्युज पाएको छ ।
आशिष अविरल र मेलिना राईको स्वर रहेको गीतले एक महिनामा १० मिलियन भ्युज पाएको हो । नवराज पन्तको शब्द तथा आशिष अविरलकै संगीत रहेको गीत दोहोरी ब्याटल शैलीको छ ।
गीतको भिडियोमा फिल्मका शीर्ष कलाकार विजय बराल र अञ्जना बराइलीसहित मुकुन भुसाल, बुद्धि तामाङ लगायत देखिएका छन् ।
सरोज पौडेल निर्देशित ‘पूर्णबहादुरको सारङ्गी’ बिहीबारदेखि चौथो सातामा प्रवेश गरेको छ । फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिको प्रदर्शन
-
सभामुख घिमिरे र तीन दलका प्रमुख सचेतकबिच छलफल सुरु
-
मस्तिष्क ट्युमरबाट बच्ने ६ उपाय
-
सुनकोसीमा डुबेर एकजनाको मृत्यु
-
सभामुख घिमिरले तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने
-
त्रिविले फास्ट ट्र्याकबाट कसरी नियुक्त गर्दैछ १३० जना प्रोफेसर ?