‘पूर्णबहादुरको सारङ्गी’को गीत ‘रैयाँ चाँदीको’लाई एक करोड भ्युज
शुक्रबार, ०७ मङ्सिर २०८१, ११ : ४६
काठमाडौँ । ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमा मात्र अहिलेसम्म करिब ४० करोडको व्यवसाय गरिसकेको छ । फिल्मको प्रदर्शन अझै जारी छ ।
फिल्मको व्यवसाय राम्रो भइरहँदा यसमा समेटिएका गीतले समेत राम्रो भ्युज पाइरहेका छन् । यस्तैमा फिल्मका ‘रैयाँ चाँदीको’ गीतले युट्युबमा एक करोड भ्युज पाएको छ ।
आशिष अविरल र मेलिना राईको स्वर रहेको गीतले एक महिनामा १० मिलियन भ्युज पाएको हो । नवराज पन्तको शब्द तथा आशिष अविरलकै संगीत रहेको गीत दोहोरी ब्याटल शैलीको छ ।
गीतको भिडियोमा फिल्मका शीर्ष कलाकार विजय बराल र अञ्जना बराइलीसहित मुकुन भुसाल, बुद्धि तामाङ लगायत देखिएका छन् ।
सरोज पौडेल निर्देशित ‘पूर्णबहादुरको सारङ्गी’ बिहीबारदेखि चौथो सातामा प्रवेश गरेको छ । फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण