जागरण सभा
सरकारमा रहेको पार्टीले सभा र र्याली गरेको भन्नेहरूलाई दरबारमार्गबाट फर्कायो एमालेले जवाफ
शुक्रबार, ०७ मङ्सिर २०८१, १४ : ४२
काठमाडौँ । नेकपा एमालेले सरकारमा रहेर पनि सभा र र्याली गरेको भन्नेहरूलाई जवाफ फर्काएको छ । शुक्रबार राजधानीको दरबारमार्गमा भएको जागरण सभालाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले एमाले जनताको पार्टी भएकाले जनतामा गएर पार्टीविरुद्ध खडा गरिएका भ्रमहरूलाई चिर्न खोजिएको बताए ।
‘सरकारमा रहेको पार्टीले सभा जुलुस गर्न मिल्छ ? भनेको सुनियो । सबैभन्दा ठुलो लोकतन्त्र भएको मुलुक भारतमा नरेन्द्र मोदीले विभिन्न राज्यमा जनताका बिचमा भाषण गरिरहेको सुनिन्छ’, उनले भने, ‘लोकतन्त्रमा प्रमको पार्टीले सभा र र्याली गर्न मिल्छ कि मिल्दैन ? कम्तीमा भारतीय लोकतन्त्र देखेकाहरूले यस्तो नभने हुने हो । जनताको पार्टी भएको नाताले एमालेले जनतामा जाने फैसला गरेको हो ।’
उनले दरबारमार्गमा गरिएको जागरण सभा सरकारको नभएर पार्टीको कार्यक्रम भएको पनि स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण