एउटै शृंखलामा भिभियन रिचर्डसलाई पटक–पटक आउट गर्ने पाकिस्तानी क्रिकेटरको निधन
काठमाडौँ । पाकिस्तानका चर्चित पूर्वक्रिकेटर एवम् अम्पायर मोहम्मद नजिरको निधन भएको छ । ७८ वर्षको उमेरमा बिहीबार राति उनको निधन भएको समाचारमा जनाइएको छ ।
उनी लामो समयदेखि अस्वस्थ्य रहँदै आएका थिए । उनका छोरा नौमान नजिरले पनि पिताको निधनको समाचारलाई पुष्टि गरेका छन् । मोहम्मद नजिरले पाकिस्तानका लागि १४ टेस्ट खेलेका थिए ।
उनले टेस्ट क्रिकेटमा ३४ विकेट लिएका थिए भने एक सय ४४ रन पनि बनाएका थिए । उनले चार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन विकेट लिएका थिए । उनी दायाँ हाते अफ–स्पिनर थिए ।
यसका अतिरिक्त, उनले प्रथम श्रेणीको क्रिकेटमा एक सय ८० खेल खेल्दै कुल आठ सय २९ विकेट लिएका थिए । प्रथम श्रेणीको क्रिकेटमा उनले चार हजार दुई सय ४२ रन पनि बनाएका थिए ।
त्यसैले उनी प्रथम श्रेणीको क्रिकेटमा निकै चर्चित थिए । पछिल्लो केही समययता उनी अवस्वस्थ्य रहँदै आएका थिए । उनको छातीमा इन्फेक्सन भएको समाचारमा जनाइएको छ ।
मोहम्मद नजिरका छोरा नौमानले केही समयअघि पाकिस्तान क्रिकेट बोर्डसँग पिताको उपचारमा सहयोग गर्न आग्रह गरेका थिए । पाकिस्तानको एक निजी अस्पतालमा उनको उपचार भइरहेको थियो ।
सक्रिय खेलजीवनबाट सन्न्यास लिएपछि उनी अम्पायरको भूमिकामा सक्रिय भएका थिए । उनले पाँच टेस्ट र १५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अम्पायरको भूमिका निर्वाह गरेका थिए ।
उनले आफ्नो सक्रिय खेलजीवनमा भारत, अस्ट्रेलिया र वेस्ट इन्डिजविरुद्ध टेस्ट खेलेका थिए । उनले एउटै टेस्ट शृंखलामा भिभियन रिचर्डसलाई पटक–पटक आउट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण