कीर्तिपुरले शिवशरण महर्जन जस्ता उम्मेदवार पाउनु ठुलो अवसर हो : अग्नि सापकोटा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं बागमती प्रदेशका इन्चार्ज अग्निप्रसाद सापकोटाले कीर्तिपुर नगरवासीले प्रा.डा. शिवशरण महर्जन जस्ता योग्य उम्मेदवार पाउनु ठुलो अवसर भएको बताएका छन् । शुक्रबार कीर्तिपुरस्थित नयाँ बजारमा स्थानीय तह उपनिर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै सापकोटाले महर्जनलाई कीर्तिमानी भोट दिएर जिताउन आग्रह गरे ।
‘प्राडा. शिवशरण महर्जन मूल्य, मान्यता, आदर्शले ओतप्रोत सदाचार, देशभक्ति र समाजप्रति समर्पित व्यक्ति भएको मैले बुझेँ । उहाँ जस्ता व्यक्ति कीर्तिपुरले पाउनु ठुलो अवसर हो । यो अवसरलाई परिणाममा प्राप्त गर्नका लागि अबका १० दिन घण्टामा होइन मिनेट मिनेट गनेर हामी जनताको हृदयमा जाऊँ’, उम्मेदवारलाई भोट माग्दै उनले भने, ‘कीर्तिमानी भोट हालेर महर्जनलाई जिताऔँ । जति भोट उहाँले पाउनुभयो त्यति नै शक्तिशाली हुनुहुन्छ । एकपटक रेकर्ड बसेमा कालन्तरसम्म रहिरहन्छ । उहाँले प्रतिबद्धता जनाएका सिस्टमका कुरा, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा उहाँले पुर्याएको योगदान तारिफयोग्य छ ।’
महर्जन माओवादीबाट उम्मेदवार भएपनि प्रमुख पदमा निर्वाचित भएमा नगरपालिकाको काम गर्न पूर्णस्वतन्त्र हुने उनले बताए । शिक्षाविद्, सामाजिक अभियन्ता, विकासको मोडेल रहेका महर्जनलाई समग्र कीर्तिपुरबासीको विकासबाहेक केहीको पनि लोभ नभएको सापकोटाले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण