गोरखामा मध्यपहाडी राजमार्गको २३ किलोमिटर सडक कालोपत्र अझै बाँकी
गोरखा । मध्यपहाडी राजमार्गअन्तर्गत गोरखामा पर्ने २३ किलोमिटर सडकखण्ड कालोपत्रको काम अझै बाँकी रहेको छ । जिल्लाभित्र पर्ने ६३ दशमलव ३७ किलोमिटर सडकमध्ये हालसम्म ४० दशमलव तीन किलोमिटरमात्र कालोपत्रको काम सम्पन्न भएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पालुङटारका इन्जिनियर विदुर सुवेदीले जानकारी दिए ।
उनकाअनुसार गोरखामा यस सडकलाई पाँच खण्डमा छुट्याएर निर्माणको काम सुरु भएको थियो । जसमा दुईवटा खण्डको काम भने अझै अलपत्र छ । यहाँको भीमेसन थापा गाउँपालिकाको ओख्ले–निवेल खण्डमा पर्ने १६ दशमलव ८७ किलोमिटर सडकमध्ये छ दशमलव ८७ किलोमिटर सडक कालोपत्रको काम बाँकी छ । उक्त खण्डमा १० किलोमिटर सडक गत आर्थिक वर्षमा कालोपत्र भएको थियो । बाँकी काम आगामी पुस पहिलो साताभित्र निर्माण सम्पन्न गर्नेगरी छैटौँ ठेकेदार कम्पनीलाई म्याद गरिएको छ । विसं २०७२ माघमा ठेक्का सम्झौता भएर काम सुरु भएको सो खण्डको भौतिक प्रगति ७५ प्रतिशत रहेको इन्जिनियर सुवेदीले जानकारी दिए ।
यस्तै मसानेठाँटी–ठाँटीपोखरी खण्डको १५ दशमलव ७० किलोमिटर सडक कालोपत्रको काम पनि अझै अलपत्र छ । उक्त खण्डको भौतिक प्रगति ३५ प्रतिशतमात्र छ । “ठेकेदारको ढिलासुस्तीले उक्त खण्डको कामले गति पाउन सकेको छैन, यहाँ आगामी चैतभित्र काम सम्पन्न गर्नेगरी दोस्रोपटक म्याद थप भएको छ”, उनले भने ।
मसानेठाँटी–ठाँटीपोखरी खण्ड सडक कालोपत्रको ठेक्का हिन्दुङ प्यासिफिक जेभीले पाएको थियो । विसं २०७७ असारमा आयोजना कार्यालयसँग ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरी काम सुरु गरेको थियो । आरुघाट–ओख्ले खण्डअन्तर्गत पर्ने १३ किलोमिटरमध्ये १२ दशमलव पाँच किमी भने कालोपत्र भइसकेको छ ।
बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने उक्त खण्डको पाँच सय मिटर सडक कालोपत्रको काम भने रोकिएको छ । यस्तै निवेलबाट मसाने ठाँटीसम्मको १२ दशमलव ३० किलोमिटर र ठाँटीपोखरीबाट चेपेसम्मको पाँच दशमलव पाँच किलोमिटर सडकखण्ड कालोपत्रको काम पनि सकिएको इन्जिनियर सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण