समाचार
दरबारमार्ग क्षेत्रमा एमालेका कार्यकर्ताले गरे फोहोर, महानगरको एक्सन
शुक्रबार, ०७ मङ्सिर २०८१, २० : ३१
काठमाडौँ । नेकपा एमालेका कार्यकर्ताले दरबारमार्ग क्षेत्रमा गरेको फोहोर काठमाडौँ महानगरपालिकाले सफा गरिरहेको छ । महानगरपालिकाको सफाइ कर्मचारीले कार्यक्रम सकिएसँगै सफाइ गरिरहेको हो ।
कार्यक्रम सकिएसँगै सडक पेटीका साथै सडकमा पनि यत्रतत्र छरिएको पानीको बोतल, चाउचाउको खोललगायतका फोहोर जम्मा गरिरहेका हुन् । सफाइको काम राति अबेरसम्म जारी रहेको महानगरपालिकाका एक कर्मचारीले बताए ।
जागरणको नाममा एमालेले दरबारमार्गमा शुक्रबार कार्यक्रम गरेको थियो । यसैबिच महानगरपालिकाले फोहोर गरेको भन्दै एमालेलाई जरिवाना गरेको छ ।
काठमाडौँ महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछाको हस्ताक्षरमा एमाले पार्टी कार्यालयका नाममा प्रेषित पत्रमा फोहोर गरेर वातावरण प्रदूषण समेत गरेकाले जरिवाना गरिएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण