५ जना युवतीहरूलाई बेचबिखन गरेको आरोपमा पक्राउ
शुक्रबार, ०७ मङ्सिर २०८१, २१ : ४३
काठमाडौँ । विदेश पठाउने बहाना बनाएर ५ जना युवतीहरूलाई बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई चितवनबाट पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा घर भएका ४४ वर्षीय राज कुमार थिङ उर्फ राजु तामाङलाई नारायणगढ बाट पक्राउ गरिएको चितवनका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।
गाउँका सोझासिधा युवतीहरूलाई बिना रकम विदेश पठाउँछु भनेर उनले नारायणगढबाट सुनौलिको बस चढाएर भारत पठाउन लागेका थिए । पासपोर्ट संकलन गरेर भारतबाट भिसा लगाइदिन्छु भनेर बेचबिखन गर्न लागेको सूचना पाएपछि आरोपीलाई पक्राउ गरिएको एसपी मिश्रले जानकारी दिए । उनले भारत लैजान लागेको अवस्थामा ५ जना युवतीहरूलाई प्रहरीले उद्धार गरेर सुरक्षित गृहमा पठाएको छ ।
आरोपीविरुद्ध मानव बेचबिखन मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको एसपी मिश्रले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोनाल्ड ट्रम्पलाई ‘आकस्मिक मृत्यु’ को चेतावनी
-
खाद्य र ऊर्जा सङ्कटको जोखिम : आपूर्ति प्रणाली सुदृढ बनाउन योजना आयोगको जोड
-
गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता
-
राष्ट्रिय गौरवका आयोजना घटाउन आयोगको प्रस्ताव : कुन आयोजनाको प्रगति कति?
-
केन्द्रीय सर्भरमा प्राविधिक समस्या, देशभरका यातायात कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा प्रभावित
-
नयाँ सार्वजनिक खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्ने निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण