भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
न्यूयोर्क । सन् २०१९ मा डक्ट टेपले भित्तामा टाँसेको एक कोसो केरा १ लाख २० हजार डलरमा बिक्दा सामाजिक सञ्जालमा हंगामा मच्चिएको थियो । तर ‘कमेडियन’ शीर्षकमा इटालियन कलाकार मौरिजिओ क्याटेलानले बनाएको यो कृति न्युयोर्कको सोदबिजको लिलामी घरमा ६२ लाख ४० हजार डलर अर्थात् ८४ करोड ५५ लाख नेपाली रुपैयाँभन्दा बढीमा विक्री भएको छ ।
यो कृति चिनयाँ कलेक्टर तथा क्रिप्टो मञ्चका संस्थापक जष्टिन सनले किनेका हुन् । लिलामी लगत्तै चिनियाँ उद्यमी जस्टिन सनले सो कृति किनेको सोदबिजले भनेको थियो । कृति १० लाख देखि १५ लाख डलरको बीचमा बिक्ने अपेक्षा लिलामी घरको थियो ।
यो कलाकृति पहिलो पटक २०१९ मा मियामीको आर्ट बासेलमा प्रदर्शन गरिएको थियो । त्यतिबेला यो १ लाख २० हजार डलरमा बिकेको थियो । गत बुधबार यसलाई ताजा केरासँगै लिलामीमा राखिएको थियो । यसको विशेषता यही हो कि यसमा एउटा साधारण केरा र डक्ट टेप प्रयोग गरिएको छ । यो कलाकृतिले समाजमा हास्य र विडम्बना झल्काउने यो कलाकृतिका सर्जक क्याटेलन भन्छन् । तर, धेरैले यसलाई कलाको नाममा मजाक ठान्छन् र आलोचना पनि पनि व्यापक गरेका छन् ।
८ हजार डलरबाट शुरु भएको थियो बोली
सन् २०१९ यो कृतिमा लिलामीमा बोली लाग्दा ८ हजार डलरबाट बोली शुरु भएको थियो । तर यस पटक यो केरा २६ लाख ४० हजार डलरको कीर्तिमानी मूल्यमा बिकेको छ । ‘यो केरा मात्र होइन, यसले कला, मेम्स र क्रिप्टोकरेन्सी समुदायलाई जोड्ने सांस्कृतिक घटनाको प्रतिनिधित्व गर्दछ ।’ विजयी बोली बनाउने चिनियाँ उद्यमी जस्टिन सनले भनेका छन् । –एजेन्सीको सहयोगमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण