एलियान्जमा चम्किए ह्यारी केन, दोस्रो गोल गरेको २ मिनेटमै ह्याट्रिक
एजेन्सी । जर्मनीको शीर्ष फुटबल लिग बुण्डेसलिगामा शीर्षस्थ क्लब वायर्न म्युनिखले अपराजित यात्रा कायम राखेको छ । शुक्रबार राती घरेलु मैदानमा भएको खेलमा वायर्नले अग्सवर्गमाविरुद्ध ३-० को स्पस्ट जित निकाल्यो । एलियान्ज रंगशालामा वार्यनका लागि ह्यारी केन एक्लै बरदान सावित भए ।
उनले यो खेलमा ह्याट्रिक नै गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो आफपछि ६३औं मिनेटमा केनले पहिलो पेनाल्टी गोल हाने । त्यसपछि अतिरिक्त समयमा दुई गोल गरे ।
९३ औं मिनेटमा व्यक्तिगत दोस्रो (पेनाल्टी) गरेका उनले २ (९५ औं) मिनेट भित्रै ह्याट्रिक पूरा गरे । बुण्डेसलिगामा अहिलेसम्म सबैभन्दा तीब्र गतिमा ५० गोल गर्नेको इतिहास समेत उनले रचेका छन् । केनले बोरुसिया डर्टमुण्डका लागि ५० गोल गर्ने एर्लिंग होल्याण्डसँग कीर्तिमान बराबर गरेका छन् ।
योसँगै उनी म्यान अफ् दी म्याच घोषित भए । जितसँगै शीर्ष स्थानको वायर्नले ११ खेलबाट २९ अंक जोडेको छ भने दोस्रो स्थानको आरबी लेपजिगको २१ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण