बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु
बेरुत । राजधानीको मुटुमा भएको इजरायली हवाई आक्रमणले शनिबार कम्तिमा ११ जनाको मृत्यु भएको लेबनानले जनाएको छ । इजरायली सेनाले क्षेत्र खाली गर्न आह्वान गरेपछि बेरुतमा आक्रमण भएको भएको थियो ।
इजरायलले भने हाल सम्म बेरुतमा भएको आक्रमण बारे कुनै टिप्पणी गरेको छैन । शनिबार बिहान यस क्षेत्रमा उद्धार कार्य चलिरहेको थियो, उद्धारकर्ताहरू भग्नावशेष हटाइ नागरिक सुरक्षामा तैनाथ थिए ।
घटनाको पुष्टि गर्दै लेवनानी स्वास्थ्य मन्त्रालयले ६३ जना घाइते भएको जनाएको छ । “डिएनए परीक्षणपछि मृत्युको अन्तिम सङ्ख्या निर्धारण हुने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
लेवनानी राष्ट्रिय समाचार एजेन्सीले इजरायली जेट विमानहरूले संरचनामा छ वटा क्षेप्यास्त्र प्रहार गरेको र नजिकैका भवनहरूमा व्यापक विनाश गरेको जनाएको छ ।
इजरायली सेनाले “धेरै हिजबुल्लाह कमान्ड सेन्टरहरूसहित सहरको दक्षिणी उपनगरहरूमा आक्रमण गरेको बताएको छ । इजरायलले सेप्टेम्बरको अन्त्यमा इरान समर्थित समूह विरुद्ध आफ्नो अभियानलाई अगाडि बढाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण