छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ को नागेश्वर सामुदायिक वनदेखि वडा नं ७ वातावरण सामुदायिक वनसम्मको आठ किलोमिटर क्षेत्रमा तारजालीको छेकबार लगाएपछि मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी आएको छ ।
छेकबार लगाएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आवासीय क्षेत्र र खेतबारीमा जङ्गली जनावर आउन छाडेका हुन् । निकुञ्ज क्षेत्रबाट छिर्ने बँदेल, निलगाई, चित्तललगायत जनावरले खेतबारीमा लगाएको सागसब्जीदेखि अन्नबाली खाएर स्थानीय किसानलाई हैरान पारेका थिए ।
“निलगाई र चित्तलको बथानले रातिका बेला बारीमा छिरेर पूरै बाली सखाप पार्ने गर्दथे, परिवार पाल्नकै लागि स्थानीयले भारततर्फ लाग्नु पर्दथ्यो”, स्थानीय रतन रानाले भने, “तारको छेकबार जडानपछि त्यो कार्य रोकिएको छ ।”
सुनदेवी उपभोक्ता समितिले ताल, राष्ट्रिय प्रकृति संरक्षण कोष, वातावरण मध्यवर्ती सामुदायिक वनको सहयोगमा छेकबार लगाएको हो । तारजालिमा प्रतिमिटर रु दुई हजार दुई सयका दरले खर्च भएको जनाइएको छ ।
मानव–जीवजन्तुबीचको द्वन्द्व कम गर्न छेकबारसँगै ८० वटा पोलमा विद्युतीय र सौर्य बत्ती जडान गरिएका छन् । साथै १० स्थानमा साइरन जडान गरिएको छ । निकुञ्ज नजिकका ७० जनालाई ‘हेलोजन टर्च’ र हात्ती धपाउन प्रयोग हुने सात थान बन्दुक पनि प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड
-
निर्मोही व्यासको ‘सम्झुँ कि बिर्सूँ’ लोकार्पण
-
‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन, कांग्रेसले नेतृत्व लिनुपर्ने बेला आयाे’
-
ललितपुरको ठेचोबाट मोटरसाइकल चोरीमा संलग्न एक जना प्रहरी नियन्त्रणमा
-
रुस र युक्रेनबिच युद्धबन्दी रिहा गर्ने सहमति
-
‘सगरमाथा संवाद’ विश्वव्यापी संवाद मञ्च हो : भारतीय वातावरण मन्त्री