कुनै समयमा कट्टर प्रतिद्वन्द्वी एन्डी मुरेलाई आफ्नो प्रशिक्षक बनाए नोभाक योकोभिचले
काठमाडौँ । विश्व टेनिसका प्रभावशाली खेलाडी एन्डी मुरे र नोभाक योकोभिच कुनै समय एक–अर्काका चिर प्रतिद्वन्द्वी थिए । ब्रिटिस खेलाडी मुरे र सर्बियन टेनिस स्टार योकोभिचले थुप्रै ठुला प्रतियोगितामा आपसमा प्रतिस्पर्धा गरेका छन् ।
तर, सन् २०२५ मा आयोजना हुने वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनमा एन्डी मुरेले आफ्ना पूर्वप्रतिद्वन्द्वी योकोभिचको प्रशिक्षकको भूमिका निर्वाह गर्ने भएका छन् । तीन पटकका ग्रान्डस्लाम च्याम्पियन ३७ वर्षीय मुरेले गत अगस्तमा सक्रिय खेलजीवनबाट सन्न्यास लिएका थिए । आफ्नो १९ वर्ष लामो खेल जीवनमा उनले थुप्रै महत्वपूर्ण उपाधि चुमेका थिए ।
मुरेले सन् २०१३ र सन् २०१६ मा विम्बल्डन तथा सन् २०१२ मा यूएस ओपनको उपाधि हात पारेका थिए । तर, पटक–पटक फाइनलमा पुगेर पनि उनले अस्ट्रेलियन ओपन र फ्रेन्च ओपन जित्न सकेनन् ।
‘म आफ्नो नयाँ जिम्मेबारीलाई लिएर निकै उत्साही छु । योकोभिच आफैमा क्षमतावान खेलाडी हुन् । मेरो विचारमा विश्व टेनिसमा उनले अझै थुप्रै उपलब्धि हासिल गर्न बाँकी छ,’ मुरे भन्छन् ।
आगामी सिजनको अस्ट्रेलियन ओपन जनवरी १२ देखि २६ तारिखसम्म आयोजना हुँदैछ । सक्रिय खेलजीवनबाट सन्न्यास लिएपछि मुरेले प्रशिक्षकको भूमिका निर्वाह गर्न लागेको यो पहिलो पटक हो ।
योकोभिचले सामाजिक सञ्चालमा एक डिभियो सन्देश जारी गर्दै अस्ट्रेलियन ओपनका लागि मुरेलाई आफ्नो नयाँ प्रशिक्षक बनाएको घोषणा गरेका हुन् । ३७ वर्षीय सर्बियन खेलाडी योकोभिच भने २४ पटकका ग्रान्डस्लाम उपाधि विजेता हुन् । उनले हालसम्म १० पटक अस्ट्रेलियन ओपनको उपाधि चुमिसकेका छन् ।
यसका अतिरिक्त, उनले सातपटक विम्बल्डनको उपाधि पनि जितेका छन् । योकोभिचले चारपटक यूएस ओपन र तीनपटक फ्रेन्च ओपनको उपाधि हात पारेका छन् ।
योकोभिचले चारपटक अस्ट्रेलियन ओपनको फाइनलमा मुरेलाई नै हराउँदै एकलतर्फको उपाधिमाथि कब्जा जमाएका थिए । योकोभिचले मुरेलाई प्रशिक्षक बनाउन पाउँदा निकै उत्साही भएको बताए ।
‘किशोर अवस्थादेखि नै हामी एक–अर्कासँग भिडन्त गर्दै आएका थियौँ । अब मुरेको अनुभव मेरा लागि उपलब्धिमूकि सावित हुनेछ । म निकै उत्साही छु,’ योकोभिचले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण