शुक्रबारबाट रिलिज ‘तेल भिसा’ र ‘अग्निदहन’को व्यवसाय कस्तो ?
काठमाडौँ । पछिल्लो समय फिल्मको व्यवसाय राम्रो भइरहेको छ । एकपछि अर्को गर्दै फिल्मले राम्रो कमाउन थालेका छन् । केही समयदेखि फिल्मको व्यवसाय राम्रो बनिरहँदा गत शुक्रबार रिलिज भएको फिल्म ‘तेल भिसा’ र ‘अग्निदहन’ पनि राम्रो हुने अपेक्षा गरिएको थियो । विषयवस्तुको हिसाबले राम्रो मानिएका यी दुई फिल्मका इनिसियल व्यापार अपेक्षित हुन सकेन ।
करिब डेढ सय हाराहारी शो लिएर प्रदर्शनमा उत्रिएको ‘तेल भिसा’को पहिलो दिन प्राप्त शोमा फिल्मको अकुपेन्सी कमजोर रह्यो । शनिबार भने अवस्था केही सुधार देखिएको छ । फिल्ममा दर्शकको उछाल नदेखिए पनि प्रतिक्रिया राम्रो मिलेको छ । युवापुस्तादेखि वृद्ध वृद्धासम्मले कथावस्तु रुचाएका छन् । शुक्रबार र शनिबार फिल्मका मुख्य अभिनेता विपिन कार्की र अभिनेत्री ऋचा घिमिरेले काठमाडौँका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । शो क्रममा दर्शकको राम्रो साथ मिलेको उनीहरुले प्रतिक्रिया दिएका छन् ।
‘तेल भिसा’को व्यापार ‘वर्ड अफ माउथ’का कारण राम्रो हुनसक्छ । छोराको सन्तान स्याहार्न अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा फिल्मले उठाएको छ । शंकर घिमिरे निर्देशित फिल्ममा विपिनको अलावा वर्षा राउत, ऋचा घिमिरे, पूजा चन्द, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।
त्यस्तै, ‘तेल भिसा’सँगै प्रदर्शनमा आएको ‘अग्निदहन’को अवस्था भने शुक्रबार र शनिबार अत्यन्त नाजुक रह्यो । दुवै दिन फिल्मले प्राप्त शोमा राम्रो अकुपेन्सी कटाउन सकेन । फिल्मले प्रिमिएरमा राम्रो प्रतिक्रिया पाएका थियो । फिल्मले दशकौंदेखि नेपाली समाजमा व्याप्त रहेको बोक्सी कुप्रथाको कथालाई उठान गरेको छ ।
घनश्याम लामिछाने निर्देशित फिल्ममा प्रकाश घिमिरे, माओत्से गुरुङ, कोविदशरण उपाध्याय, अनुपमा भण्डारी, प्रमिला तुलाचन, तुलसी क्षेत्री, ताराबहादुर गुरुङलगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण