रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते
आइतबार, ०९ मङ्सिर २०८१, २१ : २५
बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या युनामा रूखले च्यापेर आज एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा हिमाली गाउँपालिका–३ युनाका ४३ वर्षीय सुपधन बुढा रहेका छन् । उक्त घटनामा परी स्थानीय ४८ वर्षीय सिदुपुरी रोकाया र ३० वर्षीय पर्मलाल सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकबहदाुर बोहराले जानकारी दिए ।
युनास्थित कादुरी जलविद्युत् आयोजनाको लाइन विस्तारका लागि सल्लाको रूख काट्ने क्रममा रूख ढलेपछि च्यापिएर बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बोहराले बताए ।
रूखले च्यापेर घाइते भएका रोकाया र सुनारको उपचारका लागि नेपाली सेनाको हेलिकप्टरको पहल भइरहेको छ । बिच्छ्या प्रहरी चौकी र कोल्टीबाट प्रहरीको टोली घटनास्थलमा गएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाद्वारा कतार ६–० ले पराजित, जोनाथन डेभिडको सानदार ह्याट्रिक
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण