‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई कति ?
सोमबार, १० मङ्सिर २०८१, ११ : ३२
काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ को व्यवसाय अझै रोकिएको छैन । फिल्म आज सोमबार २६ औँ दिनमा प्रदर्शनरत छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले २४ दिन अर्थात शनिवारसम्मको आम्दानी सार्वजनिक गरेको छ । जसमा फिल्मले ४३ करोड ४० लाख रुपैयाँ ग्रस कमाएको छ ।
फिल्मको आइतबारको आम्दानी पनि राम्रो रहेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका मनोज राठीले बताए । फिल्मले शनिवार १ करोड ८० लाख ग्रस र आइतबार पनि त्यही हाराहारीको कमाई गरेको बताएको छ ।
सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको फिल्ममा विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपुत, माओत्से गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने लगायतको अभिनय छ । फिल्मले बाबुले छोराको भविष्यका लागि गर्ने सङ्घर्ष र त्यागको कथा उठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण