पाकिस्तानमा शिया–सुन्नीबिचको लडाईमा दर्जनौँको मृत्यु

इस्लामावाद । पाकिस्तानको खैबर पख्तुनख्वामा पर्ने कुर्रम जिल्ला विगत केही दिनदेखि शिया र सुन्नीबिच युद्धको मैदान बनेको छ । यहाँ एकपछि अर्काे आक्रमणमा दर्जनौँ मानिसको मृत्यु भएको छ भने हिंसाका घटनाले सारा देश स्तब्ध बनेको छ । सरकारले दुवै पक्षसँग वार्ता गरी तत्कालका लागि उक्त क्षेत्रमा युद्धविरामको घोषणा गरेको छ ।
अफगानिस्तानसँग सीमा जोडिएको कुर्रम जिल्लामा विगत केही सातादेखि अलिजाई र बागान जनजातिबिच झडप भइरहेको छ । नोभेम्बर २१ मा यहाँ सबैभन्दा नराम्रो झडप भयो । सुन्नी मुस्लिमहरूको समूहले प्रहरी सुरक्षामा जाँदै गरेको शिया मुस्लिमहरूको सवारी साधनलाई निशाना बनाए ।
यस क्रममा ४० जनाभन्दा बढीको मृत्यु भयो । मृत्यु हुनेमा धेरै महिला र बालबालिका समेत थिए । यसपछि नोभेम्बर २२ र २३ मा पनि ठुलो मात्रामा दङ्गा भयो । यी दङ्गामा परेर अहिलेसम्म ८० जनाभन्दा बढीले ज्यान गएको र १५० भन्दा बढी घाइते भएको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्कअनुसार पछिल्लो घटना र गत महिनामा भएका हिंसालाई समेत समावेश गर्दा यी दङ्गामा १५० भन्दा बढीको मृत्यु भइसकेको छ । सञ्चार माध्यममा छापिएका खबरका अनुसार पछिल्लो हिंसाका क्रममा शिया पक्षबाट ६६ जनाको मृत्यु भएको आधिकारिक तथ्याङ्क आएको छ । सुन्नी पक्षबाट १६ जनाले ज्यान गुमाएको बताइएको छ । झन्डै ३ सय घुरपरिवार कुर्रम छोडेर हांगु र पेशावर जान बाध्य भएको पनि बताइएको छ ।
के भन्छ प्रदेश सरकार ?
यस्तो अवस्थामा सरकारको मध्यस्थतामा भएको युद्धविरामले स्थिति सामान्य हुने अपेक्षा गरिएको छ । दुई जनजाति समुदायबिचको यो पूरै द्वन्द्व जग्गा विवादलाई लिएर भएको हो । यसको समाधानका लागि खैबर पख्तुनख्वा सरकारले एक आयोग गठन गरेको छ ।
दुई पक्षबिचको यो युद्धविराम ७ दिनसम्म जारी रहने मुख्यमन्त्रीका सल्लाहकारले भनेका छन् । एक अर्काले अपहरण गरेका व्यक्ति र शव फिर्ता गर्ने विषयमा पनि दुवै पक्षबिच सहमति भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन