क्रिप्टो कारोबारमा मुछिएका ३३ जना धरौटीमा रिहा, तीन जना विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान
काठमाडौँ । अभौतिक (क्रिप्टो) मुद्रा कारोबार तथा संगठित अपराध मुद्दामा तीन जना विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान भएका छन् । ललितपुर जिल्ला अदालतको आदेशले चिनिया नागरिक लिन क्विनचिन, तिङ चियाहोङ, हनिपा सिनसुवात अपायार्तलाई मुद्दाको पूर्पक्षका लागि कारागार चलान भएका हुन् ।
सोही प्रकरणमा पक्राउ परेका अन्य ३३ जना भने धरौटीमा रिहा भएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ । ब्युरोका अनुसार ललितपुरको एकतावस्तीस्थित जगदिश उपाध्यायको तीन तले घर भाडामा लिई कल सेन्टर संचालन गरेर नेपाली युवा युवतीहरुलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाई गैह्रकानुनी रुपमा काममा लगाई क्रिप्टो कारोबार हुने सूचना प्राप्त भएपछि छापा मारेर ५० जनालाई पक्राउ गरिएको थियो ।
अनुसन्धानपछि प्रहरीले ३६ जनालाई प्रतिवादी बनाई दश करोड चौतिस लाख त्रियानब्बे हजार पाँच सय उनानपचास रुपैयाँ पाँच पैसा विगो मागदावी गरी अदालतमा मुद्दा दायर गरेको थियो । जसअनुसार तीन जना विदेशीलाई अदालतले मुद्दाको पूर्पक्षको लागि कारागार चलान गरेको र अन्य प्रतिवादीहरुलाई धरौटीमा छाडेको सीआईबीको विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण