‘तेल भिसा’को तीन दिनको कमाई कति ?
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘तेल भिसा’को बक्सअफिस ओपनिङ सुखद देखिएको छ । फिल्मका वितरक करण श्रेष्ठले फिल्मले तीन दिनमा १ करोड ३६ लाख कमाएको बताएका छन् । फिल्मले शुक्रबार, शनिबार र आइतबारमा यति कमाएको हो ।
फिल्मको सोमबारको व्यवसाय सार्वजनिक हुन बाँकी रहेको छ । वितरक श्रेष्ठले सोमबार पनि फिल्मले राम्रो व्यवसाय गरेका र त्यसको विवरण मंगलबार साँझ सार्वजनिक गर्ने बताए ।
‘तेल भिसा’की प्रस्तुतकर्ता तथा अभिनेत्री ऋचा घिमिरे हुन् । फिल्मको वर्डअफ माउथका कारण मंगलबारबाट व्यवसाय अझै बढ्ने अनुमान गरिएको छ ।
शंकर घिमिरे निर्देशित फिल्ममा अभिनेता विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा छन् । विपिनसँगै फिल्ममा वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरूको समेत अभिनय छ ।
वेलडन क्रियसनको ब्यानरमा अनिल पाण्डे र शिवराज कार्की निर्माता रहेको फिल्मका प्रिन्स युवराज कार्की र श्रुति दाहाल कार्यकारी निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण