इमरान खानका हजारौँ समर्थक इस्लामाबादमा, सरकारले बोलायो सेना
मङ्गलबार, ११ मङ्सिर २०८१, ११ : ४५
इस्लामवाद । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का कार्यकर्ताहरूले जेलमा रहेका पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गरिरहेका छन् । सोमबार नै पीटीआईका कार्यकर्ताहरूको जमात इस्लामाबादको सीमामा प्रवेश गरेको थियो ।
आन्दोलनकारीलाई रोक्न सरकारले सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रदर्शनकारीहरूको लक्ष्य इस्लामाबादको डी–चोक पुग्नु हो ।
इस्लामवाद प्रशासनले पाकिस्तानको संविधानको धारा २४५ अन्तर्गत कानून र व्यवस्था बहाल गर्न सेना बोलाएको छ । इस्लामवादका उपयुक्त इरफान मेमनले बीबीसी संवाददाता शहजाद मलिकलाई यस कुराको पुष्टि गरेका छन् । यसै वर्षको जनवरीमा इस्लामवादको एक अदालतले तोशाखाना मुद्दामा इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाएको थियो । यसबाहेक उनलाई २० लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण