लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
मङ्गलबार, ११ मङ्सिर २०८१, १२ : ११
कायरो । पर्यटकहरू सवार डुङ्गा डुब्दा लाल सागरमा १६ जना बेपत्ता भएको इजिप्टका अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार अरू २८ जनाको भने उद्धार गरिएको छ ।
हराइरहेको मध्ये २ जना बेलायती नागरिक रहेको बताइएको छ । यस घटनामा आफ्ना एक पर्यटक हराएको फिनल्यान्डले पनि पुष्टि गरेको छ । त्यस्तै चार इजिप्शियन नागरिक बेपत्ता रहेको अधिकारीहरूले भनेका छन् ।
डुङ्गामा ४४ जना सवार थिए । यसमध्ये १३ जना क्रु मेम्बर थिए । दुर्घटनाको कारण थाहा हुन सकेको छैन । छालले डुङ्गालाई हिर्काउँदा यो पल्टिएको हुन सक्ने उद्धार गरिएका यात्रीले बताएका छन् ।
मौसम विभागले पनि आइतबार र सोमबार सामुद्रिक गतिविधि नगर्न चेतावनी दिएको थियो । डुङ्गा पाँच दिनको यात्रामा आइतबार मार्सा अलाम नजिक रहेको सी स्टोरी लेफ्ट बन्दरगाहबाट हिँडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण