कीर्तिपुरमा स्वतन्त्रमध्ये कसलाई सहयोग गर्ने निर्णयमा पुग्न सकेन रास्वपा
काठमाडौँ । कीर्तिपुर नगर प्रमुखमा सहयोग गर्ने विषयमा निर्णय गर्ने अधिकार नगर समितिलाई दिएपनि अझै टुंगोमा पुग्न नसकिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जानकारी दिएको छ ।
पार्टी जिल्ला संयोजक प्रदीप विष्टका अनुसार ११ जनामध्ये कसलाई सहयोग गर्ने पार्टी निष्कर्षमा पुग्न सकेको छैन ।
‘एक दुई जना भए भन्न सकिने थियो । ११ जना हुनुहुन्छ सबै जना दलविरुद्धको आक्रोशका कारण स्वतन्त्र उम्मेदवारी भन्नुहुन्छ । रास्वपाले राम्रो उम्मेदवार खोजिरहेको छ‚’ उनले भने‚ ‘स्वतन्त्र मध्ये एक जनालाई सहयोग गर्ने जिम्मा कीर्तिपुर नगर समितिलाई दिएर तपाईंहरूनै छान्नुहोस् भनेका छौँ ।’
मंसिर १६ गते स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । यही प्रयोजनका लागि मंसिर २ मा भएको उम्मेदवारी दर्तामा रास्वपाले कसैलाई पनि निर्वाचनमा खडा गर्न सकेको थिएन । आन्तरिक कारण देखाउँदै पार्टीले उम्मेदवारी नदिएर स्वतन्त्रलाई सहयोग गर्ने निर्णय गरेको छ ।
यता स्थानीय तहको उपनिर्वाचन र वर्तमान राजनीतिक घटनाक्रममा केन्द्रित भएर रास्वपाले आज ३ बजेका लागि पत्रकार सम्मेलन आयोजना गरेको पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाले डा नवरथकुमार बानियाँ‚ कविकुमार महर्जन वा सरसफाइ अभियन्ता राजमान महर्जन मध्ये एकलाई साथ समर्थन गर्ने गरी तयारी गरिरहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण