प्रवेश गर्न भन्दा बाहिरिन महँगो भयो माल्दिभ्स
माले । माल्दिभ्स घुमफिरका लागि विश्वको सबैभन्दा महँगो ठाउँमध्येमा पर्दछ । तर अब भने माल्दिभ्स घुम्न जान मात्रै होइन, छाड्न पनि महँगो भएको छ । डिसेम्बर एकदेखि त्यहाँबाट बाहिरिनेहरूले तिर्नुपर्ने शुल्क बढाएर चौब्बरसम्म पुर्याइएको छ ।
देशबाट बाहिरिन प्रयोग गरेको हवाई सेवाको श्रेणीअनुसार हरेक यात्रीले फरक फरक प्रस्थान शुल्क तिर्नुपर्नेछ । इकोनोमी क्लास प्रयोग गर्नेले तिर्नुपर्ने शुल्क ३० डलरबाट बढाएर ५० डलरमा पुर्याइएकाे छ ।
बिजनेस क्लासका लागि यो शुल्क ६० डलर थपेर १२० डलर कायम गरिएको छ । डिसेम्बर १ देखि फर्स्ट क्लासका लागि प्रस्थान शुल्क २४० डलर र निजी जेटबाट यात्रा गर्नेको लागि प्रस्थान शुल्क ४८० डलर हुनेछ ।
हाल यी दुई शुल्क क्रमशः ९० डलर र १२० डलर रहेको छ । माल्दिभ्सका नागरिकबाहेक त्यहाँ जाने हरेक मानिसलाई यो शुल्क लाग्नेछ ।
कर बढाउने घोषणा नोभेम्बरमै गरिएको थियो । यसबाट उठेको रकम भेलेना अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत सम्भारलगायतको काममा खर्च हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण