उपनिर्वाचनको पूर्व सन्ध्यामा माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन र विधानमाथि छलफल गर्नका लागि नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
‘स्थानीय तह उपनिर्वाचन र विधानमाथि उठेका प्रश्नबारे छलफल गर्न बैठक बोलाइएको हो । यसअघि विधानमा उठेका प्रश्नको हल गर्न बनाइएको कार्यदलले तयार गरेको प्रतिवेदन पनि पेस हुन्छ होला’, रातोपाटीसँग उनले भने ।
मङ्सिर ४ गते मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले विधानलाई लिपिबद्ध गर्न र पालिका सम्मेलनको कार्यविधि बनाउन छुट्टाछुट्टै कार्यदल गठन गरेको थियो ।
जसमा महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् । यता पालिका सम्मेलन गर्दा आउने प्रतिनिधिहरू पार्टी सदस्यको आधारमा कसरी आउने र निर्वाचन प्रक्रिया कस्तो बनाउने भन्ने विषयमा कार्यविधि बनाउन अर्को समिति बनेको थियो । यस कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन र सचिव हितराज पाण्डे रहेका थिए ।
गतवर्ष फागुनमा सम्पन्न विधान अधिवेशनमा प्रतिनिधिहरूले उठाएका प्रश्नलाई समेट्ने गरी विधान बनाउने अध्यक्ष प्रचण्डले प्रतिबद्धता जनाएका थिए । तर हलबाट आएका केही सुझाव विधानमा छुटेकाले कार्यदल बनाइएको नेताहरूले दाबी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण