कस्तुप र शान्तिश्रीले ल्याए लोकदोहोरी ‘बिर्से हुन्छ मलाई’
बुधबार, १२ मङ्सिर २०८१, १४ : ४२
काठमाडौँ । गायक, श्रष्टा कस्तुप पन्तको नयाँ लोकदोहोरी गीत ‘बिर्से हुन्छ मलाई’ सार्वजनिक भएको छ । गीत गायनमा कस्तुपलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।
पन्तकै शब्द र सङ्गीत समेत रहेको गीतले प्रेममा धोका खाएका पति–पत्नीको मनोभावलाई प्रस्तुत गरेको छ, जहाँ एक अर्कामा आरोप–प्रत्यारोप गरिरहेका छन् । गीतको भिडियोमा ज्ञानु नेपाली र यशु भट्टराईको अभिनय छ । रेसम दर्लामीको छायाङ्कन, अमृत चापागाईँको सम्पादन रहेको भिडियो सिर्जन बरालले निर्देशन गरेका हुन् ।
पन्तका लोकदोहोरी र सुगम सङ्गीतमा थुप्रै लोकप्रिय गीतहरू बाहिर आइसकेका छन् । उनको पछिल्लो चर्चित गीत ‘बिजुली चमक्क’, ‘मगमग वासना’ हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण