नुवाकोटमा दुई सय दश जना किसान सम्मानित
त्रिशूली । ‘युवा किसान सञ्जाल’ले जिल्लाको दुई सय दश जना किसानलाई सम्मान गरेको छ । ककनी–२ नुवाकोटमा मुख्य कार्यालय रहेर किसानको पक्षमा वकालती गर्दै आएको उक्त संस्थाले आज एकैदिन नुवाकोटको कृषि क्षेत्रको विभिन्न विधामा योगदान पुर्याउँदै आएका किसानलाई सम्मान गरेको हो । सम्मानित हुनेमा योगदानको आधारमा जिल्लास्तरीय, पालिकास्तरीय, वडास्तरीय, कृषि र पशुपन्क्षी पालन, दूध उत्पादक लगायतका क्षेत्रमा आबद्ध किसान रहेका छन् ।
‘उत्कृष्ट किसान’ लाई सम्मान गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले किसानको मिहिनतले देशको आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुगेको उल्लेख गरे । किसानको जीवनस्तर उकास्दै जनजीवन सुधारको लागि बागमती प्रदेश सरकारले सङ्घ र पालिकासँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको मन्त्री श्रेष्ठले जानकारी दिए ।
“कृषि पेसालाई सम्मानित, सुनिश्चित र लगानीमैत्री वातावरण बनाउन चुनौतीपूर्ण अवस्थाबाट धेरै सुधार भइसकेको छ”, उनले भने, “शिक्षित युवालाई पेसामा आकर्षित गराउन सरकारले उत्पादनमा आधारित अनुदान, सहयोग र तालिमका कार्यक्रम सञ्चालनमा ल्याएको छ ।”
युवा किसान सञ्जालले नुवाकोटमा रहेका बाह्रवटा पालिका र ८८ वटा वडाबाट लिएको जानकारी, सङ्कलन गरेको तथ्याङ्क कृषि क्षेत्रमा पुर्याउँदै आएको योगदानको आधारमा उत्कृष्ट छनोट भएका दुई सय दश जनालाई एकैसाथ सम्मान गरेको अध्यक्ष श्रीराम घिमिरेले जानकारी दिए ।
कृषि क्षेत्रको विकासको लागि काठमाडौँको शान्तिबाटिकामा पाँच पटकसम्म आमरण अनसनमार्फत सरकारलाई दबाब दिँदै आएका सञ्जालका अध्यक्ष घिमिरेले विगतको तुलनामा किसानको जीवनस्तरमा सुधार हुँदै आएकाले अब निराश हुनुपर्ने अवस्था नभएको बताए ।
तर, शिक्षित युवालाई पेसामा आबद्ध गराउन र लगानीमैत्री वातावरण बनाउन भने सरकारको नीति तथा कार्यविधिमा धेरै सुधार आवश्यक रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण