इटालीको युभेन्टसलाई झट्का
बिहीबार, १३ मङ्सिर २०८१, ०४ : ५०
काठमाडौं । इटालीको युभेन्टस च्याम्पियन्स लिगमा गोलरहित बराबरीमा रोकिएको छ । बुधबार राती भएको खेलमा इंग्ल्याण्डको एस्टन भिल्लासँग युभेन्टसले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।
एस्टनका लागि खेलको इन्जुरी समयमा मोर्गन रोजर्सले एउटा प्रहार गरेकामा भीएआरले उनको प्रहारलाई मान्यता दिएन । यस्तै अर्को खेलमा स्कोटल्याण्डको सेल्टिक र बेल्जियमको क्लब ब्रुगले १-१ को बराबरी खेले ।
नेदरल्याण्डको पीएसभी इन्दोभेनले युक्रेनको सक्तर डोनेत्स्कविरुद्ध ३-२ को संघर्षपूर्ण जित निकाल्यो भने पोचुगलको बेनिफिकाले फ्रान्सको एएस मोनाकोलाई समान ३-२ गोल अन्तरले हरायो ।
अष्ट्रियाको सतुर्म ग्राजले स्पेनको गिरोनाविरुद्ध १-० को जित निकाल्दा सर्वियाको एफके क्रभेनाले जर्मनीको भीएफबी स्टटगार्टलाई ५-१ गोल अन्तरले हरायो । योसँगै लिग चरण अन्तर्गत पाँचौ खेल पूरा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण