हेटौँडा–१२ : निर्वाचन लक्षित आमसभादेखि टोल टोलमा पुग्दै नेताहरू

हेटौँडा । आगामी मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहेका दलहरू नतिजा हात पर्न प्रयत्नरत रहेका छन् । मुख्य दलहरू बिचको प्रतिस्पर्धा हुने सम्भावना देखिएको हेटौँडा–१२ को वडा अध्यक्ष पदको निर्वाचनमा नतिजा निकाल्न दलहरू घरदैलो र आमसभामा केन्द्रित रहेका छन् ।
१२ उम्मेदवार बिचको प्रतिस्पर्धामा ९ जना दल र ३ जना स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । उक्त वडाको अध्यक्ष पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूले पहिलो चरणको घरदैलो कार्यक्रम सकेका छन् । मौन अवधि सुरु हुनु पूर्व उम्मेदवारहरू मत माग्न नै व्यस्त देखिएका छन् ।
विषेशगरी माओवादी केन्द्र, नेपाली कांग्रेस र एमाले बिचको प्रतिस्पर्धात्मक निर्वाचन हुने अवस्था देखिँदै गरेको अवस्थामा उक्त दलहरू कोणसभा र आमसभामा केन्द्रित भएका छन् । कांग्रेसले उक्त वडाको ४ स्थानमा कोणसभा गरेको छ भने एमाले मतदाता भेटघाटमा दलबल सहित टोल टोलमा पुगिरहेको छ ।
माओवादी केन्द्रले पार्टीका नेताहरूसहित वडा कार्यालय सँगैको चोकमा आमसभा आयोजना गरेको छ । माओवादीले पार्टीको पोलिटब्युरो सदस्य एवम् बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल, पोलिटव्युरो सदस्य कुमारी मोक्तान, केन्द्रीय सदस्य प्रह्लाद लामिछाने, विजय गौतम लगायतको उपस्थितिमा हात्तिगौडा चोकमा आमसभा आयोजना गरेको छ ।
यता कांग्रेसले बागमती प्रदेशका सभापति इन्द्र बानियाँसहितको उपस्थितिमा सोल्टी चोक, आल्दमार, भोले, हात्तिगोडा र सचिवालय चोक सिग्रेनीमा कोणसभा आयोजना गरेको छ ।
एमाले भने संसदीय दलका मुख्य सचेतक महेश कुमार बर्तौला, बागमती प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ लगायतको उपस्थितिमा नागरिकहरूसँगको भेटघाटमा टोल टोल पुगिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो
-
‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
-
गगन, बाबुराम, कुलमानसहित करिब एक हजारले हेरे ‘बारपाक फोटो प्रदर्शनी’
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
-
‘वार रुम’ स्थापनादेखि ‘पर्फर्मेन्स एन्ड पेमेन्ट अटोमेसन’ : यस्ता छन् योगेशका २४ बुँदे सुझाव