हेटौँडा–१२ : निर्वाचन लक्षित आमसभादेखि टोल टोलमा पुग्दै नेताहरू
हेटौँडा । आगामी मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहेका दलहरू नतिजा हात पर्न प्रयत्नरत रहेका छन् । मुख्य दलहरू बिचको प्रतिस्पर्धा हुने सम्भावना देखिएको हेटौँडा–१२ को वडा अध्यक्ष पदको निर्वाचनमा नतिजा निकाल्न दलहरू घरदैलो र आमसभामा केन्द्रित रहेका छन् ।
१२ उम्मेदवार बिचको प्रतिस्पर्धामा ९ जना दल र ३ जना स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । उक्त वडाको अध्यक्ष पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूले पहिलो चरणको घरदैलो कार्यक्रम सकेका छन् । मौन अवधि सुरु हुनु पूर्व उम्मेदवारहरू मत माग्न नै व्यस्त देखिएका छन् ।
विषेशगरी माओवादी केन्द्र, नेपाली कांग्रेस र एमाले बिचको प्रतिस्पर्धात्मक निर्वाचन हुने अवस्था देखिँदै गरेको अवस्थामा उक्त दलहरू कोणसभा र आमसभामा केन्द्रित भएका छन् । कांग्रेसले उक्त वडाको ४ स्थानमा कोणसभा गरेको छ भने एमाले मतदाता भेटघाटमा दलबल सहित टोल टोलमा पुगिरहेको छ ।

माओवादी केन्द्रले पार्टीका नेताहरूसहित वडा कार्यालय सँगैको चोकमा आमसभा आयोजना गरेको छ । माओवादीले पार्टीको पोलिटब्युरो सदस्य एवम् बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल, पोलिटव्युरो सदस्य कुमारी मोक्तान, केन्द्रीय सदस्य प्रह्लाद लामिछाने, विजय गौतम लगायतको उपस्थितिमा हात्तिगौडा चोकमा आमसभा आयोजना गरेको छ ।
यता कांग्रेसले बागमती प्रदेशका सभापति इन्द्र बानियाँसहितको उपस्थितिमा सोल्टी चोक, आल्दमार, भोले, हात्तिगोडा र सचिवालय चोक सिग्रेनीमा कोणसभा आयोजना गरेको छ ।
एमाले भने संसदीय दलका मुख्य सचेतक महेश कुमार बर्तौला, बागमती प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ लगायतको उपस्थितिमा नागरिकहरूसँगको भेटघाटमा टोल टोल पुगिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण