कांग्रेस, एमाले र माओवादीबिच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेन : अध्यक्ष लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सही नेतृत्व र सही व्यवस्था नपाउँदा देश बन्न नसकेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष लिङ्देनले सही नेतृत्व र सही व्यवस्था नहुँदा देश बन्न नसकेको जिकिर गरे । उनले राजनीतिक दलका मानिसहरूलाई न्यायाधीशमा, अख्तियारमा नियुक्ति गर्दा न्याय मरेको जिकिर गरे । उनले सरकारी निकायहरूमा कांग्रेस, एमाले, माओवादीले भाग लगाएर नियुक्ति गरिरहेको बताए । सर्वोच्च अदालतमा कांग्रेस, एमाले, माओवादीबिच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन नसकेको दाबी गरे ।
अध्यक्ष लिङ्देनले अब सिंगो देश एउटा निर्वाचन क्षेत्र हुनुपर्ने र जनता स्वयंले प्रधानमन्त्री चुन्न पाउनुपर्ने बताए । उनले सरकारलाई विदेशीले कहिले लडाउने हो भनेर डर पैदा भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण