बुटवलमा खुल्यो फ्रेन्डस् सिनेमाज्
काठमाडौँ । बुटवलमा शुक्रबारबाट नयाँ हल–फ्रेन्डस् सिनेमाज् औपचारिक रूपमा सञ्चालनमा आएको छ । २२२ सिट क्षमताको यो हल अमरपथस्थित सिंह कम्प्लेक्समा खुलेको हो । धरानको चर्चित फ्रेन्डस् सिनेमाजको फ्रेन्चाइज्को रूपमा ल्याइएको यो हल रोयल सिने हब प्रालिले सञ्चालनमा ल्याएको हो ।
तीन युवा, जो हाल चलचित्र वितरणमा समेत सक्रिय र सफल छन–आशिष तामाङ, प्रदीप धामी र पुष्कर घिमीरले फ्रेन्डस् सिनेमाज्को ब्राण्ड बिस्तार गर्ने क्रममा बुटवलमा यो दोस्रो हल सञ्चालन गरेका हुन् । आफूहरूले नयाँ व्यवस्थापन, अत्याधुनिक प्रविधि तथा दर्शकलाई विविध सेवा सुविधा र सहुलियतका साथ हल सञ्चालनमा ल्याएको सञ्चालक आशिष तामाङले बताए ।
ओपनिङ खुसीमा पहिलो साताभरि टिकट दर रु १५० राखिएको हलको बिहानी शो, मंगलबार र बुधबारका शोका टिकट दर भने अन्य दिनका भन्दा कम हुने जनाइएको छ । दैनिक ६ शोसम्म चलाउन सकिने भ्यु सिनेमाज् अब फ्रेन्डस् सिनेमाजका रूपमा आएको छ । हलमा नेपाली फिल्म प्राथमिकता पर्नेछ ।
हल सञ्चालनसँगै फिल्म वितरणमा समेत छोटो समयमै आफूलाई स्थापित गरिरहेको यो टिमले कुवेर सिने डिस्टिब्युसनमार्फत हालसम्म ‘फर्की फर्की’, ‘कुश्मा’ र ‘१२ गाउँ’ जस्ता हिट फिल्म वितरण गरिसकेको छ भने अब ‘उनको स्वीटर’, ‘बलिदान’, ‘रेशम फिरिरी’ लगायतका फिल्म दर्शकमाझ ल्याउदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण