ट्रम्पको तारिफमा पुटिनले यस्तो भने
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको तारिफ गरेका छन् । बिहीबार उनले ट्रम्पलाई ‘समाधान खुट्याउन सक्षम बुद्धिमान र अनुभवी राजनीतिज्ञ’ भनेका हुन् । युक्रेनी युद्धलाई लिएर मस्को र पश्चिमबिच तनाव बढिरहेकै समयमा उनको यो अभिव्यक्ति आएको हो ।
काजगस्तानमा पत्रकारहरूमाझ बोल्ने क्रममा ट्रम्पको आगामी प्रशासनका लागि अतिरिक्त अप्ठ्याराहरू सृजना गरिदिएको भन्दै पुटिनले बाहिरिदैं गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनको चर्को निन्दा पनि गरेका थिए । बाइडेनले हालै युक्रेनलाई रुसको भित्री भूभागमा आफ्नो देशले दिएको लामो दूरीको मिसाइल हान्ने अनुमति दिएका थिए । बाइडेनले यस्तो अनुमति दिएपछि भड्किएको रुसले युक्रेनमाथि लामो दूरीको मिसाइल हानेको थियो ।
युक्रेनले आफू माथि जुन देशले दिएको लामो दूरीको मिसाइल हान्छ त्यो आक्रमण युक्रेनले नभएर दाता देशले गरेको मान्ने र यसको प्रतिकार गर्ने भन्दै चेतावनी दिएका थिए । ‘अमेरिकामा नवनिर्वाचन राष्ट्रपति बुद्धिमान र पहिला नै अनुभव बटुलिसकेका व्यक्ति भएको अहिलेसम्मको मेरो कल्पना छ । मलाई लाग्छ कि उनले कुनै न कुनै समाधान निकाल्नेछन्,’ पुटिनले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण