बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली याक्सको मुख्य प्रायोजकमा महिन्द्रा अग्नि ग्रुप

शुक्रबार, १४ मङ्सिर २०८१, १३ : ३२
शुक्रबार, १४ मङ्सिर २०८१

काठमाडौँ । आगामी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि कर्णाली याक्सले मुख्य प्रायोजकमा अटोमोबाइल उत्पादक कम्पनी महिन्द्रा अग्नि ग्रुपसँग सम्झौता गरेको छ । शुक्रबार नक्सालको हिल्टन होटलमा दुई पक्षबिच सम्झौता भएको हो ।

karnali yaks (18)

सम्झौतापत्रमा कर्णाली याक्समा मालिक झनकदत्त खनाल र महिन्द्राकी उपाध्यक्ष वेदा सताशा श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता कार्यक्रममा हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सका उपाध्यक्ष सुजन खनाल, कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरे, महिन्द्रा रिसर्च एण्ड डेभलपमेण्ट म्यानेजर वेदान्त श्रेष्ठ, मार्केटिङ म्यानेजर सन्तोषी नेपाल, फेस अफ कर्णाली याक्स स्वस्मिमा खड्का र यङ्गेस्ट फेस अफ कर्णाली याक्स अर्पित कार्कीको उपस्थित थियो ।

karnali yaks (6)

कर्यक्रममा महिन्द्रा, अग्नि ग्रुपका उपाध्यक्ष श्रेष्ठले कर्णाली याक्ससँग जोडिन पाउँदा खुसी लागेको बताउँदै शुभकामना व्यक्त गरिन् । ‘आगामी एनपीएलका लागि कर्णाली याक्ससँग जोडिन पाउँदा निकै खुसी छौँ । कर्णाली याक्सलाई प्रतियोगितामा सफलताका लागि शुभकामना,’ उनले भनिन् ।

यसैगरी, कर्णाली याक्सले स्टेन्थ पार्टनरमा टेन प्लास्ट र फेन्टासी पार्टनरमा ड्रिम–११ सँग सम्झौता गरेको छ । कार्यक्रमा टेन प्लास्टका अध्यक्ष धिरज अग्रवाल र ड्रिम–११ का सीईओ अनिल रिजालको पनि उपस्थित थियो ।

karnali yaks (3)

ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ ।

karnali yaks (12)

यसैगरी, टोलीमा वेस्ट इन्डिजबाट टेस्ट खेलिसकेका चाडविक वाल्टन, हङ्कङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्वकप्तान जिसन मक्सूदलाई पनि अनुबन्ध गरिसकिएको छ ।

karnali yaks (13)

टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिसविक्रमसिंह ठकुरी, दीपक डुम्रे र विपिनप्रसाद शर्मा रहेका छन् ।

नेपाल प्रिमियर लिग शनिबारदेखि काठमाडौँमा सुरु हुँदैछ । प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहेको छ । पुस ६ गतेसम्म चल्ने उक्त प्रतियोगितामा कर्णाली याक्सले आफ्नो पहिलो खेल जनकपुर बोल्ट्सँग खेल्नेछ ।

karnali yaks (5)karnali yaks (17)karnali yaks (19)karnali yaks (22)

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप