जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन
टोकियो । जापानको ओसाकास्थित बाथटब तथा शावरहेड बनाउने कम्पनीले मान्छे धुने मेशिन बनाएको छ । साइन्स कम्पनीले मिराई निन्गेन सेन्ताकुकी अर्थात् मान्छे धुने मेशिन बनाएको छ ।
सन् १९७० को ओसाका कान्साई एक्पोमा जापानी प्रविधि कम्पनी सान्यो इलेक्ट्रिक कम्पनी (अहिलेको पानासोनिक होल्डिङ्स कर्पोरेसन)ले विश्वको पहिलो मान्छे धुने मेशिन सार्वजनिक गरेको थियो ।
अन्डाकार र बबल प्रविधियुक्त यो यन्त्रले त्यतिबेला मान्छेको ध्यान निकै खिचेको थियो । यही मेशिन हेर्न कम्पनीको बुथमा मान्छेको ओइरो लागेको थियो ।
यहि भिडमा थिए चार कक्षामा पढ्ने यासुआकी आयोयामा । अहिले यिनै आयोयामा साइन्स कम्पनीका अध्यक्ष बनेका छन् । उनको कम्पनीले बाथटब र शावरहेड बनाउने गरेको छ ।
यही वर्ष आयोयामाले मान्छे धुने अत्याधुनिक मेशिन लञ्च गर्ने तयारी गरिरहेका छन् । सन् १९७० को एक्सपोको ‘लेगासी’ को रुपमा आफूहरूले नयाँ मेशिन ल्याउन लागेको हालै पत्रकारहरू समक्ष बोल्ने क्रममा आयोयामाले भनेका थिए ।
मेशिनको अपडेटेड मोडल सन् २०२५ को अप्रिलमा हुने ओसाका कान्साई एक्सपोमा प्रदर्शनमा राखिने पनि उनले बताएका छन् । सन् १९७० को ह्यूमन वाशिङ मेशिनमा प्रयोगकर्तालाई सफा पारिदिन ठुलो एयर बबल निकाल्न र उनीहरूको मसाजका लागि प्लास्टिक बल निकाल्न अल्ट्रासाउन्डको प्रयोग गरिएको थियो ।
अहिले कम्पनीले बनाउन लागेको मेशिनमा भने साना, माइक्रोस्कोपिक एयर बबल प्रयोग गरिएको छ । यसमा सही तापमान कायम राख्नका लागि प्रयोगकर्ताको नाडीको चाल र अन्य डेटा मापन गर्न विशेष सेन्सर जडान गरिएको छ ।
यसमा भएको एआई सिस्टमले प्रयोगकर्ता शान्त छ वा आत्तिएको वा रोमाञ्चित छ भन्ने निर्धारण गर्न सक्ने बताइएको छ । कम्पनीले बनाएको ह्युमन वाशिङ मेशिनले कसरी काम गर्छ भनेर हेर्न बाँकी नै छ ।
आगामी वर्षको ओसाका एक्सपोमा प्रदर्शनको समयमा यो मेशिनबाट हजार जनासम्मलाई नुहाउन दिइने आशा कम्पनीले गरेको आयोयामाले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण